SAVE DANDI BIYO
SAVE OUR NATIONAL GAME
SAVE THE NATIONAL IDENTITY OF NEPAL

डण्डीबियो नेपालको राष्ट्रिय खेल हो

playing-dandibiyo national game of nepal
playing-dandibiyo national game of nepal

कसरी खेलिन्छ ?

गाउँघरतिर ठाउँ अनुसार आ-आफ्नै तरिकाले खेलिने डन्डीबियोको आधुनिक नियम तर्जुमा भएको छ । यस खेलमा क्रिकेटमा जस्तै रनका आधारमा अंक दिइन्छ । टस जित्नेले डन्डी आफ्नो समूहमा लिने गर्छ । यस खेलमा खेलाडीहरू दुई समूहमा विभाजित हुन्छन् । यसमा ठ्याक, बिओ भजाउने र बिओ समातेका आधारमा रन तय हुन्छ ।
प्रतिस्पर्धी समूहले तोकिएको समयमा डन्डी थ्रो र बिओ क्याच गर्नुपर्ने हुन्छ । मुख्य र सहायक गरी १८ वटा नियममा बाँधिएको यो खेलमा खेलाडी संख्या सात-सात जनाको हुन्छ । दुवै समूहमा दुई-दुई जना अतिरक्त खेलाडी हुन्छन् । स्थान अभाव भए पाँच-पाँच जनाको समूहमा पनि प्रतिस्पर्धा हुन्छ। डन्डी समूहका खेलाडीले खोपीबाट बियो फ्याँक्दा खुट्टालाई तोकिएको सीमाभन्दा बाहिर राख्न पाउँदैनन् । यस समूहका खेलाडीले तीनपटकसम्म बियो हुत्याउन पाउँछन् भने बियो समूहका खेलाडी पनि तोकिएको मैदानभन्दा बाहिर जान पाउँदैनन् । बियो र डन्डी खेलाडीबीचको दूरी साढे चार मिटरको हुन्छ ।

स्कोर कसरी गरिन्छ ?

डन्डी खेलाडीले बियो हुत्याएपछि बियो खेलाडी रनका लागि दौडन्छन् । यसरी खोपीमा तेर्साएको वा खोपीअगाडि रहेको प्वालमा ठाडो पारी राखिएको डन्डीलाई बियोले हिर्काएर डन्डी खेलाडीलाई बाहिर पार्ने प्रयास हुन्छ । बियोले खोपीबाट हुत्तिई अन्तिम रेखा पार गरेमा खेलको नियमानुसार छ वा सात अंक प्राप्त हुन्छ । ठ्याक लगाउँदा एक ठ्याक बराबर एक, दुई ठ्याक बराबर दुईको हिसाबले आठौँ ठ्याक बराबर आठ अंक हुन्छ ।

सुनौलो अंक के हो ?

खेलाडीले बियोले हुत्याउने क्षेत्रभित्र बियो फालेमा समूहले सुनौलो अंक पाउँछ ।

पदाधिकारी कति हुन्छन ?

एक रेफ्री, दुई लाइन्स म्यान, एक टाइम किपर र एक स्कोरर गरी जम्मा पदाधिकारी संख्या पाँच हुन्छ यो खेलमा ।

निर्णय कसरी हुन्छ ?

खेलको अन्त्यमा जुन समूहले अंक बढी प्राप्त गर्छ, त्यही समूह विजयी हुन्छ ।